प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा धर्ना : महिला वकिल अग्रपंक्तिमा

कार्तिक १७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्चमा जारी धर्नामा बुधबार महिला वकिलहरू अग्रपंक्तिमा रहेका छन् ।

सर्वोच्च अदालतको प्रांगणमा हातमा कालो पट्टी बाँधेर महिला कानुन व्यवसायी अघिल्लो पंक्तिमा रहेर विरोध गरेका हुन् ।

तस्बिरहरू : जयसिंह महरा/कान्तिपुर

अरु कानुन व्यवसायी र बारका अधिकारी भने पछाडि छन् ।

नेपाल बारकी उपाध्यक्ष रक्षा बस्याललगायत महिला कानुन व्यवसायीले विरोधको अगुवाइ गरिरहेका छन् ।

हातमा कालो पट्टी बाँधेर गर्ने नेपाल बारको विरोधको पहिलो चरणको आन्दोलन आज अन्तिम दिन हो ।

आइतबारदेखि सुरु भएको कालो पट्टी विरोधको आन्दोलन सकिएपछि तिहारपछि अर्को आन्दोलन घोषणा गर्ने बारले जानकारी दिएको छ ।


प्रधानन्यायाधीश विवादमा

कान्तिपुर

Link copied successfully