विवादमा प्रधानन्यायाधीश

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा धर्ना : महिला वकिल अग्रपंक्तिमा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्चमा जारी धर्नामा बुधबार महिला वकिलहरू अग्रपंक्तिमा रहेका छन् ।

प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा धर्ना : महिला वकिल अग्रपंक्तिमा

सर्वोच्च अदालतको प्रांगणमा हातमा कालो पट्टी बाँधेर महिला कानुन व्यवसायी अघिल्लो पंक्तिमा रहेर विरोध गरेका हुन् ।

तस्बिरहरू : जयसिंह महरा/कान्तिपुर

अरु कानुन व्यवसायी र बारका अधिकारी भने पछाडि छन् ।

नेपाल बारकी उपाध्यक्ष रक्षा बस्याललगायत महिला कानुन व्यवसायीले विरोधको अगुवाइ गरिरहेका छन् ।

हातमा कालो पट्टी बाँधेर गर्ने नेपाल बारको विरोधको पहिलो चरणको आन्दोलन आज अन्तिम दिन हो ।

आइतबारदेखि सुरु भएको कालो पट्टी विरोधको आन्दोलन सकिएपछि तिहारपछि अर्को आन्दोलन घोषणा गर्ने बारले जानकारी दिएको छ ।


प्रकाशित : कार्तिक १७, २०७८ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?