प्रधानन्यायाधीशविरुद्ध सर्वोच्चमा बारको धर्ना [तस्बिरहरू]

कार्तिक १४, २०७८

अंगद ढकाल

काठमाडौँ — आजदेखि नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत प्रांगणमा धर्नामा बसेको छ ।

गत सोमबारदेखि इजलास बस्न नसकेको, प्रधानन्यायाधीशविरुद्धको इजलास बहिष्कार र न्यायालयमा देखिएका विकृतिका विरुद्ध कानुन व्यवसायीहरु धर्नामा बसेका हुन् ।

नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले आजदेखि शुक्रबारको निर्णय अनुसार आफूहरू धर्नामा गएको बताए ।

कानुन व्यवसायीहरुले कालो पट्टी बाँधेर सर्वोच्च अदालत प्रांगणमा धर्ना दिइरहेका छन् ।

यस्तै, अधिवक्ताहरू स्वागत नेपाल, भूमिनन्द चूडाल, आकृति रायामाझीलगायतले प्रधानन्यायाधीशले राजीनामा दिन नहुने भन्दै सेतो पट्टी बाँधेर प्रदर्शन गरेका थिए । 'जहाँसुकै हेर्नुहोस् कुनै पनि देशमा न्यायाधीशले बेन्च बाहिष्कार गरेका छैनन्, नेपालमा मात्रै हो,' अधिवक्ता रायामाझीले भनिन् । नेपाल बारको भवनको प्रांगणमा भेला भएका उनीहरु इजलास बस्नुपर्ने माग गरिररहेका छन् ।




 

प्रधानन्यायाधीश विवादमा

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully