२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८
विवादमा प्रधानन्यायाधीश

न्यायाधीशहरूको निष्कर्ष-'प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधान्यायधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गरेर राजीनामा दिनुपर्ने सर्वोच्च अदालतका १५ जना न्यायधीशहरुले निष्कर्ष निकालेका छन् ।

न्यायाधीशहरूको निष्कर्ष-'प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्छ'

मंगलबार बिहान प्रधान्यायाधीश जबरासँगको छलफलपछि १५ जना न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेका हुन् । उनीहरुले प्रधानन्यायाधीश जबराबाट न्यापालिकाको नेतृत्व हुन नसक्‍ने दोहोर्‍याएका छन् ।

मंगलबार बिहान न्यायाधीशहरूको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताएका थिए । उक्त छलफलमा प्रधान्यायाधीश जबराले विवाद र प्रश्‍न उठेका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफूले पनि राजीनामा दिने बताएका थिए ।

बुधबार बिहान पनि १५ जना न्यायाधीशहरू संयुक्त रूपमा छलफल गर्दै छन् । सामूहिक छलफलका कारण बुधबार पनि इजलास प्रभावित हुने भएको छ ।

मंगलबार प्रधानन्यायधीश र सामूहिक छलफलका कारण इजलास प्रभावित भएको थियो । सोमबार पनि न्यायाधीशहरू इजलासमा नबसेर आपसी छलफलमा जुटेका थिए ।

मंगलबार प्रधानन्यायाधीश जबराले १५ जना न्यायाधीशलाई ८ वटा इजलास तोकेका छन् । त्यसमध्ये ७ वटा संयुक्त इजलास तोकिएको छ भने नहकुल सुवेदीलाई एकल इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मंगलबार ८ इजलासमा सुनुवाइका लागि २१६ थान मुद्दाको पेसी तोकेका छन् ।

प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्नहरूमा छलफल गर्नुपर्ने भएको भन्दै सोमबार १३ न्यायाधीश इजलासमा बसेका थिएनन् । सोमबार अनुपस्थित भएकामध्ये मंगलबार न्यायाधीश नहकुल सुवेदी र कुमार चुडाललाई पनि पेसी तोकिएको छ ।

प्रकाशित : कार्तिक ९, २०७८ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?