कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

विपक्षीलाई प्रतिवाद गर्न कांग्रेसको ‘वार रुम’

काठमाडौँ — कांग्रेसले विपक्षीको प्रहारलाई प्रतिवाद गर्न 'वार रुम' गठन गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको मंगलबार बसेको बैठकले विपक्षीको प्रहारलाई प्रतिवाद गर्न र पार्टीको प्रचारलाई प्रभावकारी बनाउन ‘वार रुम’ गठन गरेको हो ।

विपक्षीलाई प्रतिवाद गर्न कांग्रेसको ‘वार रुम’

बैठकले कांग्रेसको १४औं महाधिवेशनको नारा समेत तय गरेको छ । ‘कांग्रेसमा उत्साह, एकता रुपान्तरण, सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने प्रचारात्मक नारा तय गरिएको विभागका सचिव दिनेश थापामगरले जानकारी दिए ।

विभागले प्रविधिमैत्री कांग्रेस अभियानअन्तर्गत ‘एनसी विन’ अर्थात् नेपाली कांग्रेस वाइडली इन्फर्मेसन नेटवर्क पनि गठन गरेको छ । सो नेटवर्कको संयोजकमा इन्जियिनर दिपेश विष्ट चयन भएका छन् । नेटवर्कको केन्द्रमा २७ सदस्यीय संरचना छ भने प्रदेशमा पनि अलग्गै संरचना निर्माण गरिएको सचिव थापामगरले जानकारी दिए ।

नेटवर्कले १४ औं महाधिवेशनको प्रचार र आगामी चुनावमा प्रविधि र आन्तरिक रणनीति मार्फत पार्टीको प्रचार गर्ने जनाइएको छ ।

प्रकाशित : भाद्र २२, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?