२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

थपिए २ हजार ५२ कोरोना संक्रमित, २६ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा २ हजार ५२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७०२ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५४ हजार ९१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिए २ हजार ५२ कोरोना संक्रमित, २६ जनाको मृत्यु

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६७२ परीक्षणबाट ३८१ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १४ हजार ३७४ परीक्षणमा २ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ५ हजार ८९३ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ६३८ पुगेको छ ।

नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको छ ।

प्रकाशित : भाद्र १०, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?