एमाले प्रदेश १ को संसदीय दलको नेतामा आचार्य चयन, केही बेरमा मुख्यमन्त्रीको शपथ ग्रहण गर्दै 

भाद्र १०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । संसदीय दलका नेता शेरधन राईले राजीनामा दिएपछि आचार्यलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको हो । 

 उनले आजै बुहमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् । शपथका लागि एमाले नेताहरु प्रदेश प्रमुखको कार्यालयमा गइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । 

मुख्यमन्त्री शेरधन राई अहिले राजीनामा पत्र लिएर प्रदेश प्रमुखको कार्यालयमा गएका छन् । 

९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना सांसद छन् ।एमालेका सांसदमध्ये गुलेफुन खातुन किर्ते कागज मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि फरार छन् ।

यो पनि पढ्नुहोस्ः

प्रदेश १ मा सत्ता जोगाउन एमालेको कसरत : राईले राजीनामा दिने, आचार्यलाई मुख्यमन्त्री बनाउने

एमाले

कान्तिपुर

Link copied successfully