१ हजार ४२४ मा कोरोना पुष्टि, थप ३० जनाको मृत्यु

भाद्र ५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा ७ हजार ७०३ जनाको पीसीआर परीक्षणमा १ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ५ हजार ३७२ जनाको एन्टिजेन परीक्षणमा ६५१ जनामा संक्रमण देखिएको छ । एन्टिजेन र पीसीआर परीक्षण दुवै गरी २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ भने २४ घण्टामा निको हुनेको संख्या २ हजार ३८२ रहेको छ । देशभर हालसम्म ३९ हजार ३२१ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully