प्रस्तावित एमाले समाजवादी ९५ सदस्यीय, ३१ सांसद समेत रहेको दाबी

भाद्र २, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रस्तावित एमाले समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनालसहित ९५ केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ । ९५ जनामा हाल एमालेमा रहेको ५८ केन्द्रीय सदस्य छन् ।

बाँकी केन्द्रीय सदस्य अहिले दल विभजानका क्रममा थपिएको हो । 

त्यस्तै, संघीय संसद्‌मा रहेका ३१ जना सांसद पनि एमाले समाजवादी समूहमा जोडिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । 

निर्वाचन आयोगमा दल दर्ताका लागि प्रस्तावित अध्यक्ष नेपालसहितका नेताहरू पुगेका थिए ।  

राजनीतिक दल सम्बन्धी अध्यादेश

कान्तिपुर

Link copied successfully