महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) पार्टी गठन, चुनाव चिन्ह साइकल


काठमाडौँ — जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरले अध्यक्षतामा जसपा(लोकतान्त्रिक)पार्टीको गठन गरिएको हो ।

ठाकुर पक्ष बुधबार निर्वाचन आयोगमा दल दर्ता सम्बन्धीको निवेदन लिएर पुगेको छ । ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको छ ।
तस्बिरहरु : कविन अधिकारी
नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए ।
'अध्यक्षमा महन्थ ठाकुर हुनुहुन्छ अन्य पदाधिकारी तोकिएको छैन,' उनले भने ।