काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४४५ पीसीआर परीक्षणमा आइतबार थप २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ६ हजार १४९ परीक्षणबाट १ हजार ४२ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ५९४ परीक्षणमा ३ हजार ६५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ ।
