२४ घण्टामा १ हजार ९८१ मा कोरोना पुष्टि, २ हजार २० जना संक्रमणमुक्त

श्रावण १७, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षणमा आइतबार थप १ हजार ९८१ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार २३४ परीक्षणबाट ५ हजार ८७ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार ६३६ परीक्षणमा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २० जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ८७५ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully