कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा १ हजार ६४२ मा कोरोना पुष्टि, १ हजार २५८ जना संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ पीसीआर परीक्षणमा सोमबार थप १ हजार ६४२ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १ हजार ६४२ मा कोरोना पुष्टि, १ हजार २५८ जना संक्रमणमुक्त

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार ८३१ परीक्षणबाट ८०३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ६६४ परीक्षणमा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ६८ हजार ७५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार २५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ५८२ पुगेको छ ।

प्रकाशित : श्रावण ४, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?