कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

२४ घण्टामा १ हजार २२३ मा कोरोना पुष्टि, १ हजार ६६७ जना संक्रमणमुक्त

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २२३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६२८ पीसीआर परीक्षणमा आइतबार थप १ हजार २२३ जनामा संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा १ हजार २२३ मा कोरोना पुष्टि, १ हजार ६६७ जना संक्रमणमुक्त

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३ हजार परीक्षणबाट ५७८ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ९ हजार ६२८ परीक्षणमा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ६७ हजार १०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ३२ हजार ७४ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ५५० पुगेको छ ।

प्रकाशित : श्रावण ३, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?