सर्वोच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको छ : ओली- समाचार - कान्तिपुर समाचार

सर्वोच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको छ : ओली

'सर्वोच्चका फैसलाको पालना गर्छौं'
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेका फैसलालाई लिएर असन्तुष्टि जनाएका छन् । संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले सर्वोच्चका फैसला पालना गर्ने भन्दै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा गरेको फैसलाप्रति असन्तुष्टि जनाएका हुन् । 

सर्वोच्चको फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको भन्दै ‌ओलीले त्यसको समीक्षा भविष्यमा हुने बताए ।

'लोकतन्त्रको रक्षा, विकास र सुदृढिकरणमा यी फैसला सहयोगी रहे कि असहयोगी ? राजनीतिक स्थायित्वलाई बल पुर्‍याए कि क्षति ? यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ? समग्रमा राजनीतिलाई अग्रगामी दिशा दिए कि पछाडि फर्काए ? समीक्षा भविष्यले गर्ने नै छ,' ओलीले सिंहदरबारबाट राष्ट्रको नाममा गरेको सम्बोधनमा भने, 'सर्वोच्चका फैसलाको समयले आफ्नो कसीमा घोटेर यिनको औचित्यबारे अग्निपरिक्षा गर्ने नै छ । संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले पालना गर्ने विषयमा पार्टी स्पष्ट रहेको कुरा म जानकारी गराउन चाहन्छु ।'

संविधानको धारा ७६ को उपधारा ५ मा ह्वीप नलाग्ने लगायतबारे सर्वोच्चले गरेका फैसलालाई लिएर उनले असन्तुष्टि गरेका हुन् । उनले फैसलाका भाषालाई लिएर पनि असन्तुष्टि जनाएका छन् । फैसलाका कतिपय प्रावधान र त्यहाँ प्रयोग भएका भाषा–शैलीले लोकतन्त्रप्रति विश्वास राख्ने सबैलाई चिन्तित तुल्याएको ओलीको भनाई थियो ।

प्रकाशित : असार २९, २०७८ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्

जसपाको कार्यकारिणी बैठक सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक सुरु भएको हो । 

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षधर काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी छन् ।

बैठकमा देउवा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने मुख्य एजेन्डा रहेको छ ।

प्रकाशित : असार २९, २०७८ १४:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×