काठमाडौँ — काठमाडौंसहित मुलुकभर ५४३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंमा १ सय ५७ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले शनिबार नियमित मिडिया ब्रिफिङ मार्फत जनाएको छ ।
यस्तै,काठमाडौंमा ५७ सहित मुलुकभर १ सय ५५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौंमा एचडीयू/जेनेरलमा ५ सय ५२ जना संक्रमितले उपचार गराइरहेका छन् ।
संस्थागत आइसोलेसनमा २ हजार ९ सय ५० र होम आइसोलेसनमा २३ हजार ५ सय ३९ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ३,ललितपुरमा ६० र भक्तपुरमा ५१ जना संक्रमित थपिएका छन् ।
