२४ घण्टामा ३ हजार ४५६ जना संक्रमणमुक्त, थप १ हजार ४२१ मा कोरोना पुष्टि

असार ६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरिएको ६ हजार ६७७ पीसीआर परीक्षणमा १ हजार ४२१ जनामा कोरोना पुष्टि भएको हो।

यसैगरी, ४ हजार २४९ एन्टिजेन परीक्षणमा १ हजार २१ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, २४ घण्टामा ३ हजार ४५६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या  ८ हजार ७२६ पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully