५ हजार ८२५ मा कोरोना संक्रमण पुष्टि, ५ हजार ९०४ जना निको

जेष्ठ २०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — २४ घण्टामा देशभर ५ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ५६२ पीसीआर परीक्षणमा ५ हजार ८२५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।

यस्तै, २४ घण्टामा ५ हजार ९०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ पुगेको छ । क्वारेन्टाइनमा ८३१ जना छन् ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ७५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully