विश्व विद्यालय अनुदान आयोगलाई १८ अर्ब ३४ करोड बजेट

जेष्ठ १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले विश्व विद्यालय अनुदान आयोगलाई १८ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले विश्व विद्यालय अनुदान आयोगलाई १८ अर्ब ३४ करोड बजेट विनियोजन गरेको हो । 

आयोगले विभिन्न क्याम्पसहरुलाई सहयोग तथा अनुसन्धानकर्ताहरुलाई अनुसन्धान वृत्ति प्रदान गर्दै आएको छ । त्रिवि अन्तर्गत रहेको रिकास्टलगायतका अनुसन्धान संस्थाहरुलाई अझ सशस्कत बनाउनका लागि थप बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

बजेट २०७८

कान्तिपुर

Link copied successfully