नाष्टको पुर्नसंरचना गरिने
काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम विनियोजन गरिएको बताएका हुन् । यस्तै, सरकारले विज्ञान प्रविधि तथा नव प्रवर्तन परिषद् समेत गठन गर्ने भएको छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामी वर्ष सञ्चालन गरिने उनले बताए ।
सरकारले नेपाल विज्ञान तथा प्रविध प्रज्ञा प्रतिष्ठान (नाष्ट)लाई पुर्नसंरचना समेत गर्ने भएको छ ।
