छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याड वितरणका लागि ४ अर्ब ७९ करोड विनियोजन

१ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा तथा पूर्वाधार निर्माण सुरु गरिने

जेष्ठ १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले देशभरका विद्यालयहरुमा छात्राहरुलाई निःशुल्क रुपमा स्यानिटरी प्याड वितरणका लागि ४ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले छात्राहरुलाई स्यानिटरी प्याड वितरणका लागि उक्त रकम विनियोजन गरेको बताएका हुन् ।

आगामी २ वर्षभित्र सबै सामुदायिक विद्यालयमा नि:शुल्क रुपमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याइने उनले बताए । यस्तै सरकारले एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने र विद्यार्थीको नियमित स्वास्थ्य जाँच गर्ने भएको छ । २ वर्षभित्र सबै विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्‍याइने उनले बताए । 

१ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा तथा पूर्वाधार निर्माण सुरु गरिने उनले बताए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको उनले बताए ।

बजेट २०७८

कान्तिपुर

Link copied successfully