कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्कमा छुट

काठमाडौँ — सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्कमा छुट दिने भएको छ । 

चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्कमा छुट

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उत्पादन मुलुक उद्योग होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था मिलाइएको बताएका हुन् ।

कोभिड १९ प्रभावित होटल, ट्राभल, यातायत र पर्यटन व्यवसाय सार्वजनिक यातायात, हवाई सेवा, चलचित्र उद्योग हस्तकला उद्योग, संचारगृह र विज्ञापन सेवा, टेलरिङ, व्युटी पार्लर तथा हेल्थक्लबजस्ता व्यवसायले आर्थिक वर्ष २०७८/८९ मा तिर्नुपर्ने इजाजत तथा नविकरण दस्तुरमा समेत छुट दिई स्वतः नविकरण हुने व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले बताए ।

यस्तै,सरकारले निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था मिलाएको अर्थमन्त्री पौडेलले बताए ।

त्यस्तै, साझेदारी, सहलगानी तथा सबै प्रकारका खानेपानी तथा सिचाँइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पूरै छुट दिने व्यवस्था गरिएको पनि उनले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?