काठमाडौँ — सरकारले रसायिनक मलमा दिइने अनुदानमा वृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रासायनिक मलमा दिइने अनुदान वृद्धि गरी १२ अर्ब रुपैयाँ पुर्याइएको बताएका हुन् ।
यस्तै, सरकारले उखु उत्पादक किसानलाई उत्पादन परिमाणका आधारमा चिनी मिलमा उखु बिक्री गरेको १५ दिनभित्र अनुदान दिन ८४ करोड विनियोजन गरेको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)लाई ३ अर्ब बजेट विनियोजन गरिएको छ । बाँझो जमिनमा खेती गर्नका लागि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गरिने अर्थमन्त्री पौडेलले बताए ।
