२०८८ सालसम्म डिजेल/पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने रणनीति अपनाइने

जेष्ठ १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले २०८८ सालसम्म डिजेल/पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने रणनीति अपनाउने बताएको छ । 

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले विक्रम संवत २०८८ सालसम्म डिजेल/पेट्रोलबाट चल्ने सवारी साधन विस्थापित गर्ने र विद्युत सवारीको प्रयोगलाई प्रोत्साहन गरिने उनले बताए ।

सरकारले प्रदूषण नियन्त्रणका लागि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक उत्पादन र बिक्रीवितरणमा आगामी साउन १ गतेदेखि रोक लगाउने बताएको छ । 

यस्तै, फेवाताल वरिपरि वातावरणमैत्री साइकल लेन विकास गरिने उनले बताए ।

बजेट २०७८

कान्तिपुर

Link copied successfully