कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन

कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन

जेष्ठ १५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको छ ।

अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९को  बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथाम,नियन्त्रणका लागि उक्त रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि ल्याएको बताएका छन् । 

यस्तै,सरकारले कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जनाएका छन् ।

बजेट २०७८कोरोना भाइरस

कान्तिपुर

Link copied successfully