२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बाँकेमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु 

रुपा गहतराज

बाँके — बाँकेमा पछिल्लो चौबीस घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । 

बाँकेमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु 

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बैजनाथ गाउपालिका वडा नं. २ का ३७ वर्षीया महिला, कोहलपुर नगरपालिका वडा नं. ४ का ४२ वर्षीय पुरुष, बर्दिया ठाकुरबाबाका ४६ वर्षीय पुरुष, बर्दिया ठाकुरबाबाका ३४ वर्षीया महिला, कोहलपुर नगरपालिका वडा नं. ९ का ६१ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का ३९ वर्षीय पुरुष, सल्यान कुपिन्डेका ६० वर्षीया महिला, बर्दिया गुलरियाका ६० वर्षीय पुरुष, बर्दिया मधुवनका ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

बाँकेका दुई ठूला अस्पताल भेरी र कोहलपुर मेडिकल कलेजमा उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुने २ सय २९ पुगेका छन् भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १ सय ७६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : जेष्ठ १, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?