कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आन्तरिक हवाइ उडान चालु राख्‍ने मन्त्रिपरिषद्को निर्णय 

काठमाडौँ — सरकारले आन्तरिक उडान चालु राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले गरेका सिफारिस पनि पारित गरेको छ । 

आन्तरिक हवाइ उडान चालु राख्‍ने मन्त्रिपरिषद्को निर्णय 

एक मन्त्रीका अनुसार तत्काल आन्तरिक उडान चालु राख्ने निर्णय भएको हो । 'जुन मापदण्ड बनेको छ त्यही मापदण्डअनुसार उडान सञ्चालन गर्ने भन्ने निर्णय भएको छ । अन्तर्राष्ट्रिय उडानमा यात्रा गर्नका लागि तोकिएको ल्याबबाट पीसीआर परीक्षणको रिपोर्ट लिनुपर्ने निर्णय भएको हो ।'

सरकारले विदेश जानेका लागि पीसीआर परीक्षण गर्नका लागि ५ ल्याबलाई अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले सीसीएमसीको सिफारिसअनुसार २०० सक्रिय कोरोना संक्रमित भएका पहाडी जिल्लामा निषेधाज्ञा लगाउने र ५०० सय सक्रिय संक्रमित रहेका सहरी क्षेत्रमा पनि निषेधाज्ञा लगाउने निर्णय भएको छ ।

कोरोना संक्रमितको संख्या बढ्न लागेका क्षेत्रमा यातायात सञ्चालनमा निषेध लगाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । त्यसको जिम्मा भने स्थानीय प्रशासनलाई दिन सीसीएमसीले सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख १३, २०७८ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?