त्रिविका सबै परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित

काठमाडौँ — त्रिभुवन विश्विविद्यालयले दोस्रो लहरको कोरोना संक्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

त्रिविका सबै परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित

सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा हुने भएपछि त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुका स्नातक र स्नातकोत्तर तहका संचालित भइरहेका र संचालनको प्रक्रियामा रहेका वार्षिक तथा समेस्टर प्रणालीका विभिन्न परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

प्रकाशित : वैशाख १३, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?