नेपालमा थप २ हजार ३६५ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३६५ जना कोरोना संक्रमित थपिएका छन् ।

नेपालमा थप २ हजार ३६५ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार १ पीसीआर परीक्षणबाट बिहीबार २ हजार ३६५ जना संक्रमित फेला परेको हो । त्यस्तै ४४७ एन्टिजेन परीक्षणबाट ६३ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन परीक्षणमा २ हजार ४२८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५२ जना डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ११७ पुगेको छ । सक्रिय संक्रमित १२ हजार ६ सय ९० छन् भने क्वारेन्टाइनमा ८१ जना रहेका छन् ।

प्रकाशित : वैशाख ९, २०७८ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?