सांसदमाथिको सम्भावित कारबाही रोक्न आदेश माग गर्दै खनाल-नेपाल समूहले पेश गरेको रिट निवेदन सर्वोच्चमा दर्ता, आइतबार पेसी- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसदमाथिको सम्भावित कारबाही रोक्न आदेश माग गर्दै खनाल-नेपाल समूहले पेश गरेको रिट निवेदन सर्वोच्चमा दर्ता, आइतबार पेसी

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै नेकपा (एमाले)को झलनाथ खनाल-माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा बुझाएको रिट निवेदन दर्ता भएको छ ।

फाइल तस्बिर : बिजु महर्जन/कान्तिपुर

माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चलाई प्रतिषेधको आदेश जारी गरीपाऊँ भन्दै बुधबार दिएको निवेदन बिहीबार दर्ता भएको हो । आइतबारका लागि पेशी तोकिएको छ ।

त्यस्तै, २०७५ जेठ २ गतेअघिकै नेकपा (एमाले) ब्युँताउने सर्वोच्चको २०७७ फागुन २३ गतेको आदेश कार्यान्वयन गरिपाऊँ भन्ने पनि निवदेनमा माग गरिएको छ । २७ जना सांसदका हकमा त्यस्तो आदेश माग गरिएको हो । निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

एमाले अध्यक्ष ओलीले बिनाकारण स्पष्टिकरण सोधेको र बाँकी कारबाही रोक्न भन्दै नेपालपक्ष अदालत गएको हो । ओलीले २७ सांसद्लाई मंगलबार पत्र पठाउँदै जुनसुकै बेला कडा कारबाही गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका थिए । उनले नेपाल पक्षधर नेताहरूलाई एमालेकै नाम र सूर्य चिह्न प्रयोग गरेर किन नयाँ पार्टी खोलेको भन्दै प्रश्नसमेत गरेका थिए ।

यस्तो छ रिट निवेदनः

प्रकाशित : वैशाख ९, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्

ओली–नेपाल बीचको वार्ता सकियो

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबारको भेटवार्ता सकिएको छ । 

नक्सालस्थित मेरियट होटलमा दिउँसो २ बजेपछि उनीहरूबीच ‘वान टु वान’ वार्ता सुरु भएको थियो । दुवैजना आ-आफ्नै अडानमा कायमै रहेको र ओलीले 'वार्ता कायमै राखौं' भनेर निस्किएको स्रोतले जनायो ।

बैठकपछि नेता नेपाल प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडसँग अनौपचारिक छलफलमा रहेका छन् ।

ओली र नेपालबीच बुधबार साँझ पनि मेरियटमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो ।

बिहीबार ओलीसँग भेट्न जानुअघि नेपालले आफूनिकट नेताहरूसँग बुधबार ओलीसँग भएको कुराकानीबारे ब्रिफिङ गर्नुका साथै आफूहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ दिनेबारे छलफल गरेका थिए ।

प्रकाशित : वैशाख ९, २०७८ १६:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×