कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सीमा नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरिने

काठमाडौँ — सूचना सञ्चार तथा प्रविधिमन्त्री तथा प्रवक्ता पार्वत गुरुङले सोमबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्दै नियमित रुपमा स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने बताएका छन् ।

सीमा नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरिने

त्यसैगरी कोभिड १९ संकट व्यवस्थापन समितिले भारतको सीमा नाकामा पायक पर्ने स्थानमा कम्तीमा एक हजार जनाको व्यवस्था हुने गरी होल्डिङ सेन्टरको निर्माण गर्ने निर्णय भएको मन्त्री गुरुङले बताए ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा निश्चित बेड छुट्याइ कोभिड केयर युनिटमा सेवा दिने सम्बन्धमा आदेश जारी गर्ने निर्णय भएको बताए ।

साथै २०० भन्दा बढी क्षमता भएका निजी, सामुदायिक, गैरसरकारी अस्पताल तथा स्वास्थ्य संस्थासँग संक्रमितका उपचारका लागि सेवा सम्झौता गर्ने र सोध भर्ना भुक्तानी गर्ने निर्णय भएको बताए ।

त्यसैगरी कोभिड उपचारका लागि सूचीकृत अस्पताललाई संक्रमितको उपचारमा लाग्ने खर्च हरेक महिनाको पहिलो हप्ता शोध भर्ना भुक्तानी गरिने निर्णय भएको बताए । उनले संस्थागत आइसोलेसनका लागि २०००, अस्पताल आइसोलसन ३५००, मध्यम तथा जटिललाई ७०००, गम्भीर बिरामीलाई १५००० दिइनेछ ।

प्रकाशित : वैशाख ६, २०७८ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?