सीमा नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गरिने

वैशाख ६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — सूचना सञ्चार तथा प्रविधिमन्त्री तथा प्रवक्ता पार्वत गुरुङले सोमबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गर्दै नियमित रुपमा स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्ने बताएका छन् ।

त्यसैगरी कोभिड १९ संकट व्यवस्थापन समितिले भारतको सीमा नाकामा पायक पर्ने स्थानमा कम्तीमा एक हजार जनाको व्यवस्था हुने गरी होल्डिङ सेन्टरको निर्माण गर्ने निर्णय भएको मन्त्री गुरुङले बताए । 

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा निश्चित बेड छुट्याइ कोभिड केयर युनिटमा सेवा दिने सम्बन्धमा आदेश जारी गर्ने निर्णय भएको बताए । 

साथै २०० भन्दा बढी क्षमता भएका निजी, सामुदायिक, गैरसरकारी अस्पताल तथा स्वास्थ्य संस्थासँग संक्रमितका उपचारका लागि सेवा सम्झौता गर्ने र सोध भर्ना भुक्तानी गर्ने निर्णय भएको बताए । 

त्यसैगरी कोभिड उपचारका लागि सूचीकृत अस्पताललाई संक्रमितको उपचारमा लाग्ने खर्च हरेक महिनाको पहिलो हप्ता शोध भर्ना भुक्तानी गरिने निर्णय भएको बताए । उनले संस्थागत आइसोलेसनका लागि २०००, अस्पताल आइसोलसन ३५००, मध्यम तथा जटिललाई ७०००, गम्भीर बिरामीलाई १५००० दिइनेछ ।

कान्तिपुर

Link copied successfully