कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिवार सहित मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौँ — मदनकृष्ण श्रेष्ठको परिवारलाई कोरोना संक्रमण भएको छ । श्रेष्ठसँगै उनका छोराछोरी, बुहारी र नातिनीलाई कोरोना भएको श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका छन् ।

परिवार सहित मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण

उनले लेखेका छन्,'म लगायत मेरा छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना देखिएको छ । कोरोना भइसकेपछि सास्तीचाहिँ हुने रहेछ त्यसैले यो भाइरसलाइ खेलाँची नगर्नु होला ! जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला ।'

श्रेष्ठको आज जन्मदिन हो । उनले पोस्टमार्फत जन्मदिनको शुभकामना दिनेलाई पनि धन्यवाद दिएका छन् । यसअघि उनका मित्र हरिवंश आचार्यलाई पनि कोरोना भएको थियो ।

प्रकाशित : वैशाख ६, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?