१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भेरी अस्पतालमा उपचाररत स्टाफ नर्सको कोरोनाबाट मृत्यु

रूपा गहतराज

नेपालगन्ज — भेरी अस्पतालमा उपचाररत स्टाफ नर्सको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दाङको तुलसीपुर निवासी २० वर्षीया स्टाफ नर्सको सोमबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालमा उपचाररत स्टाफ नर्सको कोरोनाबाट मृत्यु

मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले ६ दिनदेखि उपचार गराइरहेकी स्टाफ नर्सको मृत्यु भएको बताए ।

‘दाङबाट नै कोरोना संक्रमण भएर उपचारका लागि नेपालगन्ज ल्याइएको थियो,’ मेसु डा. थापाले भने, ‘६ दिनदेखि उपचारमा हुनुहुन्थ्यो तर बचाउन सकिएन ।’


प्रकाशित : वैशाख ६, २०७८ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?