२४ घण्टामा नेपालमा थपिए ४ सय ६० जना कोरोना संक्रमित, ४ जनाको मृत्यु

चैत्र ३१, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार ४ हजार ३ सय ८३ पीसीआर परीक्षणमा ४ सय ६० जना संक्रमित फेला परेका हुन् ।

यस्तै ८ सय १७ एन्टिजेन परीक्षणमा ५७ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा १५३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ । 

संक्रमित काठमाडौंका १ सय ६१, ललितपुरका २८ र भक्तपुरका १२ जना रहेका छन् । २४ घण्टामा उपत्यकामा २०१ जना संक्रमित भएका छन् । नेपालभर सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ८ र क्वारेन्टाइनमा ८५ जना रहेका छन् ।

हालसम्म संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ र निको हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ पुगेको मन्त्रालयको तथ्यांक छ । हालसम्म पीसीआर परीक्षण २३ लाख २१ हजार ६ सय ७० रहेको छ । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully