कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

मिनी संसद्‍मा हामी नेकपा भएर बस्न सक्दैनौं : एमाले

काठमाडौँ — सत्तारुढ नेकपा (एमाले) समितिमा पार्टीको शक्तिका आधारमा संसदीय समितिमा जिम्मेवारी दिन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

मिनी संसद्‍मा हामी नेकपा भएर बस्न सक्दैनौं : एमाले

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमालेका सांसद खगराज अधिकारीले सभामुखलाई संसदीय समितिमा नेकपा एमाले र माओवादी केन्द्र फरक-फरक दल रहेको स्वीकार्दै हेरफेर गर्न माग गरेका थिए ।

'जब हामी संसदीय समितिमा जान्छौं, नेकपा हुन बाध्य छौं । यस्तो परिस्थिति निर्माण हुनु र नेकपा भएर जानुपर्ने अवस्था संविधान, कानुन, दलसम्बन्धी व्यवस्थाविपरीत छ । प्रतिनधिसभा नियमावलीविपरीत छ । संसद्ले अब नेकपा जान्दैन,' अधिकारीले भने, 'बारम्बार संसदीय समितिमा हेरफेर गर्न आग्रह र अनुरोध पनि गर्‍यौं । मिनी संसद्हरूमा हामी नेकपा भएर बस्न सक्दैनौं ।'

अधिकारीले त्यसरी आफूहरूलाई नेकपा भएर संसदीय समितिमा बस्न बाध्य पार्नु असंवैधानिक रहेको बताए । 'हामी संवैधानिक हुन चाहन्छौं भनिरहँदा पनि पाएनौं । संवैधानिक हुन चाहन्छौं । संसदीय व्यवस्थाअनुसार हामीले समितिको प्रतिनिधित्व विगतदेखि दलको शक्तिको आधारमा हामीले अनुपातमा गर्दै आएका छौं,' उनले भने ।

उनले बिहीबारकै बैठकबाट आफूहरूलाई एमालेको शक्तिको आधारमा समितिमा राख्न र मुख्य सचेतक विशाल भट्टराईले दिएका नामअनुसार हेरफेर गरिदिन आग्रह गरेका थिए । उनले आफूहरूलाई नउक्साउन पनि चेतावनी दिएका थिए ।

सभामुख सापकोटाले संसदीय समितिमा हेरफेरका लागि कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर हुने जानकारी गराएका थिए ।

प्रकाशित : चैत्र २६, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?