गण्डकी प्रदेश : राजीनामा दिँदै माओवादी मन्त्री

प्रदेश सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने
लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन । प्रदेश सरकारलाई दिएको विश्वासको मत भने तत्काल फिर्ता नलिने उक्त पार्टीले जनाएको छ । 

गण्डकी प्रदेश : राजीनामा दिँदै माओवादी मन्त्री

बुधबार भएको संसदीय दलको बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो । गण्डकी प्रदेशसभाको बुधबारदेखि हिउँदे अधिवेशन सुरु हुँदैछ । अधिवेशनको पहिलो दिनको बैठकमै राजीनामाको घोषणा गर्ने तयारी भएको माओवादीका एक सांसदले कान्तिपुरलाई बताए । ‘मन्त्रीमात्रै फिर्ता बोलाउन लागेका हौँ, विश्वासको मत भने होइन,’ ती सांसदले भने ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले संसदीय दलमा छलफल भएको तर राजीनामाको टुंगो नलागिसकेको बताए । ‘प्रदेशसभा बैठकमै गएपछि मात्रै राजीनामाबारे थाहा हुन्छ,’ उनले भने । गण्डकी सरकारमा माओवादी केन्द्रबाट आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र मन्त्री थापा गरी दुई मन्त्री रहेका छन । २०७४ फागुन ४ देखि दुवैजना मन्त्री रहँदै आएका थिए ।

एमालेलाई मुख्यमन्त्री र माओवादीलाई सभामुखको पद बाँडिएको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमाले २८, कांग्रेस १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादीका २ सदस्य छन । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई अहिलेसम्म माओवादी र राजमोको समर्थन छ ।

प्रकाशित : चैत्र २५, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?