१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

२४ घण्टामा नेपालमा थपिए २६० कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा २६० कोरोना संक्रमित थपिएका छन् । मंगलबार थपिएका २६० संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २ सय ४३ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा नेपालमा थपिए २६० कोरोना संक्रमित

२४ घण्टामा ११३ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ छ । त्यस्तै १ हजार ९ सय ७९ जना आइसोलेसनमा र ६९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ९४ हजार ६७ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : चैत्र २४, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?