पोखरा — झलनाथ खनाल–माधवकुमार नेपाल समूहले कास्कीमा नेकपा एमालेको समानान्तर कमिटी घोषणा गरेको छ । उक्त समूहले बिहीबार कास्कीमा ७५ सदस्यीय समिति समानान्तर कमिटी गठन गरेको हो ।
पोखराको न्युरोडमा आयोजित कार्यकर्ता भेलामा उनले धनराज आचार्यको नेतृत्वमा कमिटी घोषणा गरेका हुन् । कमिटीको सचिवमा होमबहादुर नेपाली रहेका छन् । यसैगरी उनले केही समयभित्रै अर्को भेला गरेर पार्टीको पूर्ण कमिटी घोषणा गर्ने बताएका छन् ।
पछिल्लो समय पार्टीभित्रको विवादका कारण खनाल-नेपाल समूहले विभिन्न भ्रातृ संगठनको समानान्तर कमिटी घोषणा गर्दै आएका छन् ।
