२४ घण्टामा नेपालमा थपिए १६७ कोरोना संक्रमित, ३ को मृत्यु

चैत्र १७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार थपिएका १६७ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको हो । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० पीसीआर परीक्षण भएका छन् ।

यस्तै, २४ घण्टामा ११५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ७ सय २७ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ । त्यस्तै १ हजार ३ सय ९० जना आइसोलेसनमा र ५३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

हालसम्म नेपालमा २२ लाख ६७ हजार ४०८ पीसीआर परीक्षण भएका छन् ।

कान्तिपुर

Link copied successfully