कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा नेपालमा थपिए ८९ कोरोना संक्रमित

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आइतबार थपिएका ८९ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको हो ।

२४ घण्टामा नेपालमा थपिए ८९ कोरोना संक्रमित

यस्तै, २४ घण्टामा ९५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ५ सय ३० जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ । त्यस्तै १ हजार २ सय ८२ जना आइसोलेसनमा र ५७ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ६१ हजार १४६ पीसीआर परीक्षण भएका छन् ।

प्रकाशित : चैत्र १५, २०७७ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?