२४ घण्टामा नेपालमा थपिए ८५ कोरोना संक्रमित, ३ को मृत्यु

चैत्र १४, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा ८५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० पुगेको हो ।

यस्तै, २४ घण्टामा ९३ जना कोरोनाबाट मुक्त भएका छन् । कोरोनाबाट शनिबार थप ३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २७ पुगेको छ । 

हालसम्म २ लाख ७२ हजार ४ सय ३५ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ । १ हजार २ सय ८८ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

हालसम्म नेपालमा २२ लाख ५९ हजार ४५ पीसीआर परीक्षण भएका छन् ।

कान्तिपुर

Link copied successfully