कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एमाले खनाल-नेपाल समूह भेला : ओलीले एकताको आधार कमजोर पारे [अवधारणा पत्रको पूर्णपाठ]

काठमाडौँ — नेकपा (एमाले) का वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल समूहले अध्यक्ष केपी ओलीले गुटगत भेला गरेर पार्टी एकताको आधार कमजोर पारेको आरोप लगाएका छन् ।    

एमाले खनाल-नेपाल समूह भेला : ओलीले एकताको आधार कमजोर पारे [अवधारणा पत्रको पूर्णपाठ]

बुधबारदेखि ललितपुरमा सुरु एमालेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका तर्फबाट वरिष्ठ नेता नेपालले अवधारणा पत्र पेस गर्दै फागुन २८ गते ओलीले गुट भेला गरी पार्टी एकताको आधार कमजोर पारेको बताएका हुन् । उनले प्रधानमन्त्रीसमेत रहेका ओलीको गुट पार्टी एकतालाई कमजोर बनाउन गरेका ती सबै प्रयासहरुलाई असफल पार्नुपर्नेमा जोड दिएका छन् । ‘२०७७ पागुन २८ गतेको गुट भेलाका निर्णयहरुले पार्टी एकताको आधार कमजोर बनाएका छन् । अध्यक्षको गुटले पार्टी एकतालाई कमजोर बनाउन गरेका ती सबै प्रयासहरुलाई असफल पार्न हामीले सम्पूर्ण पार्टी पङ्तिलाई एकताबद्ध गर्नु पर्छ,’ अवधारणा पत्रमा लेखिएको छ, ‘२०७५ जेष्ठ २ मा कायम रहेका सबै पार्टी कमिटी, निकाय, जनसङ्गठन र विभागहरुको पुन:स्थापना गर्नु पर्छ । पार्टीलाई नवौ महाधिवेशनको कार्यदिशा र विधानको आधारमा सञ्चालन गर्नुपर्दछ । नवौं महाधिवेशनपछि उत्पन्न भएका सबै विवादहरुको विधिसम्मत समाधान खोजिनु पर्छ ।’

एमालेको एकतालाई बचाउनु पर्ने भन्दै पूर्वशर्त २०७५ जेष्ठ २ गतेलाई प्रस्थानविन्दु बनाएर पार्टी जीवनलाई सुचारु बनाउनु पर्नेमा जोड दिइएको छ । आगामी दिनमा कम्युनिष्ट पार्टीको विजयलाई सुनिश्चित गर्न पार्टीलाई एकता, पुनर्गठन र रुपान्तरणको दिशामा लैजानुपर्ने भन्दै अब पार्टीले नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्ने स्पष्ट कार्यदिशा लिनुपर्ने नेता नेपालको जोड छ ।

प्रकाशित : चैत्र ४, २०७७ १६:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?