ओलीले फागुन २८ को निर्णय सच्याए मात्र छलफलमा बस्न सकिन्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौँ — एमाले नेत्री अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी ओलीको समूहले फागुन २८ गते गरेको निर्णय सच्याए मात्र छलफलमा बस्न सकिने बताएकी छन् ।

ओलीले फागुन २८ को निर्णय सच्याए मात्र छलफलमा बस्न सकिन्छ : अष्टलक्ष्मी शाक्य

नेकपा एमालेको नेपाल–खनाल समूहले बुधबार आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा उनले केपी समूहले गरेको निर्णय विधिसम्मत नभएको बताएकी हुन् । ‘फागुन २८ को भेला पार्टीको होइन गुटको हो, त्यो विधिसम्मत छैन,’ उनले भनिन् ।

उनले बुधबारको कार्यकर्ता भेला भने गुटको नभएर पार्टीको भेला भएको दाबी गरिन् । शाक्यले निर्णय सच्याएर यो भेलामा आउन पनि ओलीलाई आग्रह गरिन् । ‘यो गुटको भेला हैन, पार्टीको भेला हो । यहाँ आउन कोही डराउन पर्दैन,’ उनले भनिन् । ओलीले भेलामा सहभागी नहुन धम्की दिएको आरोप पनि उनले लगाइन् ।

‘केपी ओली सच्चिनुपर्छ । पार्टीलाई विधि–पद्धतिमा चलाउनुपर्छ । २८ गतेको निर्णय फिर्ता लिनुपर्छ । त्यसपछि मात्रै हामी छलफलमा बस्न सक्छौं,’ शाक्यले भनिन् ।

ओली समूहले फागुन २८ एकपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित भएका नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गरिदिएको थियो । त्यसपछि रुष्ट बनेको नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएको हो ।

प्रकाशित : चैत्र ४, २०७७ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?