२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पार्टीमा गुटबन्दी सुरु गर्ने केपी ओली हुन् : खनाल 

इकान्तिपुर डेस्क

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीभित्र केपी ओलीले गुटबन्दी सुरु गरेको बताएका छन् । बुधबार खनाल-नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले मदन भण्डारी फाउण्डेशन गठन गरेर ओलीले गुटको सुरुवात गरेको बताएका हुन् । 

पार्टीमा गुटबन्दी सुरु गर्ने केपी ओली हुन् : खनाल 

ओलीका कारण पार्टीभित्र विधि, पद्धति मिचिनुका साथै पार्टीमा वैचारिक र सैद्धान्तिक काम शून्य भएको उनको भनाइ छ । 'ओलीले पार्टीमा निरंकुशता,पार्टीलाई बेवास्ता गर्ने, विधि पद्धति मिच्ने काम गरे, 'नेता खनालले भने, 'ओली सरकार गठन भएको यत्रो ३ वर्षसम्म पार्टीका कुनै सरसल्लाह र नीतिहरु प्रतिविम्बित हुन सकेनन् ।'

३ वटा बजेटहरु ल्याउँदा पनि पार्टीका नीति र स्रोतहरु प्रतिविम्बित हुन नसकेको नेता खनालले दाबी गरे । उनले भने,' ओली जी एकलौटी ढंगले अघि बढ्नुभयो । कृषि र भूमि क्रान्ति गर्नुपर्ने कुराहरु हामीले निर्वाचन घोषणा पत्रहरुमा प्रतिबद्धता जनाएका थियौं तर बजेटमा आएनन्, घोषणा भएका कुराहरु लागू भएनन् ।'

ओली सरकारले पार्टीका विचार र धारणा लागू गराउन नसकेको उनले दाबी गरे । भ्रष्टाचारलाई संरक्षण र देशलाई अग्रगतिसँग ओली सरकारले लैजान नसकेको उनले बताए ।

दक्षिणपन्थी अवसरावदीतर्फ ओलीको सरकार गएको उनको भनाइ छ । ओलीले सत्यलाई छोपेर मिथ्यालई अगाडि बढाउने काम गरेको नेता सुरेन्द्र पाण्डेले बताए ।

प्रकाशित : चैत्र ४, २०७७ १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?