कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको साविकको नेकपाको बैठक सुरु भएको छ । सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी मुद्दाको फैसला गरी ऋषि कट्टेललाई पार्टीको आधिकारिकता दिँदै तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि यो समूहको स्थायी कमिटी बैठक बसेको हो । 

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको छ ।

पछिल्लो परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्नका लागि बैठक बसिरहेको हो । सर्वोच्च अदालतको निर्णयविरुद्ध पुनरावलोकनमा जाने कि एमाले र माओवादी केन्द्रतिर नै लाग्ने भन्ने यो स्थायी कमिटी बैठकले टुंगो लगाउने बताइएको छ ।

कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिने सर्वोच्च अदालतको फैसलासँगै सरकार र २०७५ जेठ ३ गते एकीकृत भएको नेकपाको अस्तित्व एकै पटक संकटमा परेको छ । योसँगै अबको सत्ता समीकरण, संसद् र निर्वाचन आयोगमा विचाराधीन नेकपाको आधिकारिकताको लडाइँ अर्को मोडमा प्रवेश गरेको छ ।


प्रकाशित : फाल्गुन २४, २०७७ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?