चन्द समूहका महोत्तरी–सर्लाही इन्चार्ज पक्राउ

फाल्गुन १६, २०७७

सन्तोष सिंह

धनुषा — नेत्रविक्रम चन्द समूहका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर शुसलिङ्गलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीमा चन्दा आतंक मच्चाएपछि प्रहरीले खोजी सूचीमा राखेका शुसलिङ्गलाई आइतबार साँझ पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी टोलीले महोत्तरी, गौशाला नगरपालिका–११ तारेचौरीमा लुकेर बसेको अवस्थामा शुसलिङ्गलाई पक्राउ प्रहरी स्रोतले जनाएको छ । गौशाला प्रहरीले पक्राउ गरेका शुसलिङ्गलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको छ । शुसलिङ्गले महोत्तरीमा बसेर सर्लाहीमा चन्दा आतंक मच्चाएको प्रहरीको आरोप छ ।

व्यापारी र कर्मचारीलाई धम्किपूर्ण व्यवहार गरी चन्दा आतंक मच्चाएपछि सर्लाही प्रहरीको सहयोगमा शुसलिङ्गलाई  महोत्तरीको गौशालाबाट पक्राउ गरिएको हो ।  

चन्द समूह

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully