भाजपा नेता सुब्रमण्यम स्वामी भन्छन् :  मलाई आशा छ नेपालमा लोकतन्त्र बहाली हुनेछ

‘भारत–नेपाल सम्बन्ध पनि सुधार्न सकिन्छ ।’

फाल्गुन ११, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा राज्यसभा सांसद सुब्रमण्यम स्वामीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्नु सुखद खबर भएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला सुनाएपछि पूर्व केन्द्रीय मन्त्रीसमेत रहेका स्वामीले प्रतिक्रिया दिएका हुन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने स्वामीले ट्विटरमा लेखेका छन्, ‘नेपालबाट राम्रो खबर आएको छ । नेपालको सर्वोच्च अदालतले संसद् पुन:स्थापना गर्ने फैसला गरेको छ । त्यसका लागि १३ दिनको समय दिइएको छ । नेपालका लोकतान्त्रिक नेताहरु मेरो सम्पर्कमा रहेका छन् । मलाई आशा छ नेपालमा लोकतन्त्र बहाली हुनेछ ।  त्यसपछि भारत–नेपाल सम्बन्ध पनि सुधार्न सकिन्छ ।’

— Subramanian Swamy (@Swamy39) February 23, 2021

मन्त्रिरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले मंगलबार असंवैधानिक ठहर गर्दै बदर गरेको हो । अब प्रतिनिधिसभा बैठक १३ दिनभित्र अर्थात् फागुन २४ गतेभित्र बोलाउन पनि सर्वोच्चले परमादेश जारी गरेको छ ।

प्रतिनिधिसभा पुनःस्थापना

कान्तिपुर

Link copied successfully