झाँक्रीलाई तत्काल रिहा गर्न सरकारसँग राप्रपा अध्यक्ष थापाको माग

काठमाडौँ — राप्रपा अध्यक्ष कमल थापाले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपाको दाहाल–नेपाल समूहकी नेतृ झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा थापाले झाँक्रीको रिहाइको माग गरेका हुन् ।

झाँक्रीलाई तत्काल रिहा गर्न सरकारसँग राप्रपा अध्यक्ष थापाको माग

'रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्,’ पूर्व गृहमन्त्रीसमेत रहेका थापाले सामाजिक सञ्‍जालमा लेखेका छन् ।

राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको छ । प्रहरीले झाँक्रीलाई थमाएको पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ ।

उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

सम्बन्धित समाचार


प्रकाशित : माघ २९, २०७७ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?