झाँक्रीलाई तत्काल रिहा गर्न सरकारसँग राप्रपा अध्यक्ष थापाको माग

माघ २९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — राप्रपा अध्यक्ष कमल थापाले रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् । राज्यविरुद्धको कसुर गरेको आरोपमा नेकपाको दाहाल–नेपाल समूहकी नेतृ झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधमा थापाले झाँक्रीको रिहाइको माग गरेका हुन् ।

'रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस्,’ पूर्व गृहमन्त्रीसमेत रहेका थापाले सामाजिक सञ्‍जालमा लेखेका छन् ।

राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको छ । प्रहरीले झाँक्रीलाई थमाएको पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ ।

उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । कसुर प्रमाणित भए कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद, ७० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

सम्बन्धित समाचार

रामकुमारी झाँक्री

कान्तिपुर

Link copied successfully