कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न दाहाल-नेपाल नेतृत्वको नेकपाको माग

काठमाडौँ — नेकपाको दाहाल–नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । प्रहरीले बिहीबार झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेपछि दाहाल–नेपाल समूहले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निसर्त रिहा गर्न माग गरेको हो ।

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न दाहाल-नेपाल नेतृत्वको नेकपाको माग

प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरको विज्ञप्तिमा भनिएको छ, 'हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ । नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरकुंश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’

राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही नभएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

प्रकाशित : माघ २९, २०७७ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?