प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्न खोजे : शक्ति बस्नेत

माघ २६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन् । 

सोमबार सहिद बेपत्ता योद्धा परिवार, वाग्मती प्रदेशले काठमाडौंमा आयोजना गरेको विरोध र्‍याली तथा कोण सभामा बोल्दै नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्म निरपेक्षताको अधिकार जोखिममा परेको बताएका हुन् । प्रधानमन्त्री ओलीले यी सबै राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार गर्दै गइरहेको उनको भनाइ छ ।

नेता बस्नेतले प्रधानमन्त्री ओलीले संसद् विघटन, संवैधानिक आयोगमा गरिएका नियुक्तिलगायतलाई हेर्दा सामान्य लोकतान्त्रिक मूल्य मान्यतालाई पनि सम्मान नगरेको बताए ।

ओलीको जनविरोधी कदमका विरुद्ध सशक्त ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पैदा भएको उनको भनाइ छ । बाहिर गएको राजनीतिक प्रणालीलाई मूलधारमा ल्याउनुपर्ने आजको पहिलो प्राथमिकता भएको पनि उनले बताए । संसद् पुनःस्थापना पहिलो प्राथमिकता रहेको पनि नेता बस्नेतले बताए । 

संसद् विघटननेकपा विवाद

कान्तिपुर

Link copied successfully