२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

हाम्रो लडाइँ पदको लागि हैन, प्रणालीको लागि हो : अध्यक्ष दाहाल

'हामी जनताको पक्षमा गयौँ, केपी ओली जनताबाट टाढा गए'
'ओली रक्षात्मक भइसके'

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले अहिलेको लडाइँ अग्रगमन र प्रतिगमनबीचको भएको बताएका छन् । सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा बोल्दै दाहालले अहिले लडाइँ पदका लागि नभएर अग्रगमन र प्रतिगमनको भएको बताएका हुन् ।

हाम्रो लडाइँ पदको लागि हैन, प्रणालीको लागि हो : अध्यक्ष दाहाल

'हाम्रो लडाइँ पदको लागि हैन, विचार, सिद्धान्त, प्रणालीको लागि हो । तर, प्रतिक्रान्ति गर्न क्रान्तिकारी विचारलाई भुत्ते बनाई दिने, क्रान्तिकारी विचारलाई निस्तेज बनाइदिने, क्रान्तिकारी नेतृत्वलाई जति सकिन्छ बदनाम गर्न सक्यो त्यति प्रतिक्रान्तिको आधार बन्दै जान्छ । यो सच्चाइ बुझ्न सकिएन भने हामीले लडाइँ हार्छौ । त्यसकारण यो पदको लडाइँ हैन । अग्रगमन र प्रतिगमनको लडाँई हो,' दाहालले भने ।

अहिले आफूहरु जनताको पक्षमा गएको भन्दै दाहालले ओली जनताबाट टाढिएको दाबी गरे । 'हामी जनताको पक्षमा गयौं, हामी संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा गयौं, संविधानको पक्षमा गयौं । सडकमा हामीलाई गर्व छ,' उनले भने,'तर केपी लोकतन्त्र, संघीयता, जनताबाट टाढा गए । संविधानलाई घात गर्ने कुत्सित मनाशायबाट गए त्यसकारण उनले हारे ।'

पुस ५ देखि नै प्रतिगमनका विरुद्ध लडाइँ सुरु भएको र अहिले प्रतिगमकारी हार्ने वातावरण बनेको दाहालको भनाइ थियो । '५ गतेबाट नै प्रतिगमनका विरुद्ध लडाइँ सुरु गर्‍यौं । हामी सडकमा जानु पर्छ भनेर सडकमा आयौं । अहिले नयाँ वातावरण बन्दै गएको छ । फेरी नेपाली जनताले जित्नेतिर र प्रतिगमनकारीले हार्नेतिर वातावरण बन्दै गएको छ,' दाहालले भने ।

अध्यक्ष दाहालले पछिल्लो समय ओली रक्षात्मक भएको दाबी गरे । 'केपी ओली अब रक्षात्मक भइसके । उनीहरुको अस्तिको धाकधक्कु त धेरै लगाए । तर छिरलेर मान्छे राख्न पनि उनकै सेक्युरिटीले ३०/३५ हजार भन्दा मान्छे थिएनन् भनिदिएपछि उनीहरुभित्र गालीगलौज भएको देखेको छु । तर हामी एकताबद्ध भएर ऐतिहासिक जनप्रदर्शन गर्नुछ,' उनले भने ।

प्रतिनिधिसभा विघटन विरुद्ध नेकपाको दाहाल– नेपाल समूह दोस्रो चरणको आन्दोलनमा छ । यो समूहले माघ २८ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

प्रकाशित : माघ २६, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?